४१औं जुनियर तथा युवा रेडक्रस गोष्ठी सिधनवामा सम्पन्

नेपालगंज , नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा ४१औं जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सिधनवामा बुधवार सम्पन्न भएको छ ।
गोष्ठीको उद्घाटन गर्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले रेडक्रसको कार्यक्रममा आउँदा मानवताको उर्जा प्राप्त हुने गरेको बताउँदै विपद् हुनसाथ सबैले रेडक्रसलाई सम्झने गरेको कुरा उल्लेख गर्र्नु भयो । उहाँले अहिले मानवता हराईरहेकोले बालबालिकाहरुलाई नैतिक शिक्षा दिन शिक्षकहरुलाई अनुरोध गर्दै पालिका स्तरको विपद् व्यवस्थापन सम्बन्धी योजना निर्माणमा बांके रेडक्रसले सहयोग गरेको धारणा व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा बर्षभरी संचालन भएका प्रतियोगिताहरुका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । यसरी सम्पन्न भएका प्रतियोगिताहरुमा निबन्ध, कविता र चित्रकला रहेका थिए। उक्त प्रतियोगिताका विजेता प्रथमलाई १ हजार ५ सय, दोश्रोलाई १ हजार र तृतीयलाई ५ सय नगद पुरस्कार र प्रमाण पत्र तथा अतिथ्यता ग्र्रहण गर्ने विद्यालयलाई प्रशंसा पत्र प्रदान गरिएको छ।
युवा रेडक्रस सर्कल सिद्देश्वर मा.वि.सिधनवाको आतिथ्यतामा भएको कार्यक्रमको बन्दसत्रमा शैक्षिक सत्र २०८२ का लागि ४२औं जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी, प्र.अ. तथा शिक्षकनायक गोष्ठी, निबन्ध, कविता र चित्रकला प्रतियोगिता आयोजना गरिने योजनातर्जुमा भएको छ ।
उदघाटन सत्र नेरेसो जुनियर तथा युवा रेडक्रस विकास समितिका संयोजक यमनारायण महतोको अध्यक्षतामा र बन्दसत्र जुरेस समिति सदस्य एवं युवा सर्कल सिद्देश्वर मा.वि.का शिक्षकनायक दिर्घराज बजगाईको अध्यक्षता सम्पन्न भएको थियो भने कार्यक्रममा २८ वटा विद्यालय/सर्कलका शिक्षकनायक, छात्र छात्रा र १४ वटा उपशाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, ६ नं. का वडाअध्यक्ष लबराज खरेल, नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपकोषाध्यक्ष दुखीराम लोनिया, उपमन्त्री तेजबहादुर सुवेदी, सोनारी उपशाखा सभापति यज्ञनारायण शर्मा, शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी, सिद्देश्वर मा.वि.का प्र.अ.ओम प्रकाश पुन, ने.रा.मा.वि.गुलरीका शिक्षकनायक पुष्पराज खड्का लगायतले विचार व्यक्त गर्नु भएको थियो भने कार्यक्रम संचालन सिद्देश्वर मा.वि.का शिक्षक नारायणप्रसाद जैसीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *