२७ पौष, नेपालगन्ज
१०औं राष्ट्रिय हाप्किडो प्रतियोगिता २०८२ बैशाख ५ र ६ गते सुदूरपश्चिम प्रदेशको डडेलधुरा स्थित आलितालमा आयोजना हुने भएको छ । नेपाल हाप्किडो संघ र आलिताल गाउँपालिकाको सहकार्यमा हुने यो कार्यक्रमले देशभरका हाप्किडो खेलाडीहरूलाई प्रतिस्पर्धा गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्ने आयोजक समितिका सदस्य राजेन्द्र मडाईले बताए ।
प्रतियोगिताको उद्देश्य खेलाडीहरूको सीप, समर्पण, र दृढता प्रदर्शन गर्नुका साथै समुदायभित्र सहकार्य र हाप्किडो खेलको विकासलाई प्रोत्साहन गर्नु रहेको छ । आयोजकको अनुसार, यो प्रतिष्ठित कार्यक्रमले राष्ट्रिय स्तरमा हाप्किडोको प्रभावलाई थप उजागर गर्ने र खेलाडीहरूलाई उच्चस्तरको प्रतिस्पर्धामा आफ्नो क्षमता प्रदर्शन गर्न प्रेरित गर्ने बताए ।
यो प्रतियोगिता हाप्किडो खेलमा चासो राख्ने सबैका लागि रोमाञ्चक अवसर हुनेछ, जहाँ प्रतिभावान खेलाडीहरूले आफ्नो कला र सीप प्रस्तुत गर्ने छन् ।