बाँके । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ । शुक्रबार भएको निर्वाचनको मतगणना सुरु भएको बाँकेका मुख्य निर्वाचन अधिकृत शरण कर्मचार्यले जानकारी दिनु भयो । यथासक्य छिटो अन्तिम मत परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको हो ।
लुम्बिनी प्रदेश ६ वटा जिम्मामा मतगणना सम्पन्न भइसकेको नेपाल पत्रकार महासंघले जनाएको छ ।