जसपा नेपाल बाँके द्वारा संगठन बिस्तारमा तिब्रता……

नेपालगन्ज ।
`जनतासँग जसपा नेपाल´ भन्ने मुल नारा सहित जसपा नेपाल बाँकेले बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा वडा स्तर संगठन बिस्तार अभियानमा तिब्रता साथ हाेमिएकाे छ ।

आज शनिबार बाँकेको निर्वाचन क्षेत्र न.२ का संयाेजक तथा पार्टीका केन्द्रीय सदस्य बेबी तबस्सुम अन्सारीको अध्यक्षतामा र पार्टीका केन्द्रीय सचिव कमरूदीन राईको प्रमुख आथित्यमा नेपालगन्ज उप-महानगरपालीका वडा न.१५ मा वडा स्तर मुल समित सहित समाजवादी दलित मुक्ति संघ र समाजवादी युवा संघ पनि गठन गरिएकाे छ ।

नन्द राज बर्माको संयोजकत्वमा २१ सदस्यीय वडा समित गठन गरिएकाे छ भने आशाराम चमारकाे अध्यक्षतामा ७ सदस्यीय समाजवादी दलित मुक्ती संघ र ज्याउल हक राईको अध्यक्षतामा ७ सदस्यीय समाजवादी युवा संघ गठन गरिएकाे छ ।

उक्त कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश माननीय अम्बिका काफ्ले , लुम्बिनी प्रदेश मुख्य सचिव राजन राना मगर , जिल्ला अध्यक्ष कौशल कुमार धाेबी र जिल्ला सदस्य मदन बिक्रम शाह , प्रदेश सदस्य उतम गुप्ता , जिल्ला नेता मेघनाथ बर्मा लगायतको उपस्थिति सँगै शुभकामना मन्तव्य राख्नु भएकाे थियाे भने कार्यक्रमको संचालन लुम्बिनी प्रदेशका कार्यकारीणी सदस्य माे.महमूद ईद्रशी
गर्नु भएकाे थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *