काठमाडौँ — वन तथा वातारण मन्त्री ऐेनबहादुर शाही ठकुरी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय महासन्धी (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९ औं सम्मेलन (कोप–२९) मा सहभागी हुन अजरबैजान प्रस्थान गरेका छन् ।
सम्मेलन अजरबैजानको बाकुमा कात्तिक २६ देखि मंसिर ७ गतेसम्म हुँदैछ । मन्त्री शाहीसँगै मन्त्रालयका सचिव दीपककुमार खरेललगायत सहभागी छन् ।
सम्मेलनमा यसपटक नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पौडेलले गर्नेछन् । उनी कात्तिक २५ (आइतबार) अजरबैजानको राजधानी बाकु जाँदैछन् । सम्मेलनमा उनले कात्तिक २७ गते मुख्य सम्बोधन गर्ने कार्यत्रम रहेको छ ।
कोप–२९ मा नेपालले हिमालको सुरक्षा, जलवायु वित्तमा प्रतिबद्धताअनुसारको रकम, हानी तथा नोक्सानी कोषको शीघ्र संचालन, जलवायुमा वित्तमा सहज पहुँच, कम कार्बन उत्सर्जन गर्ने देशलाई बढी कार्बजन उर्त्सजन गर्ने राष्ट्रबाट क्षतिपुर्तिलगायत विषय उठाउने तयारी गरेको छ ।
मन्त्री शाही मंसिर ४ गते फर्किने कार्यक्रम रहेको उनकाे निजी सचिवालयले जनाएको छ ।